भारतबाट प्रतियुनिट  ३८ रुपैयाँमा विजुली किन्दै कुलमान

दैनिक २२ करोड रूपैयाँको अतिरिक्त व्ययभार,लामो समय धान्न नसकिने

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले भारतबाट प्रतियुनिट  ३८ रुपैयाँमा  विजुलीकिन्ने भएको छ ।  शुक्रबारदेखि भारतसँग  उच्च मुल्यमा विजुली खरिद गर्न  लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।  बिहीबार पत्रकार सम्मेलन गरेर भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरिद गर्ने सम्झौता भएको उनले जानकारी दिए ।

प्राधिकरणले बिजुली नकिन्दा नेपालका  कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएपछि  नेपालले भारतीय बजारबाट महंगोमै भए पनि विजुली किन्ने गरी सम्झौता गरेको हो कुलमानले जानकारी दिए । ‘हामीले २० रुपैयाँ प्रतियुनिट, त्यो भनेको नेपालमा ३८ रुपैयाँ प्रतियुनिट पर्छ, भरे १२ बजेर १५ मिनेटमा हाम्रो सबै सिष्टम नर्मल भएपछि त्यसबाट सात हजार मेगावाट आवर बिजुली किन्छौं’ उनले भने ।नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनिरहेको थियो । 
घिसिङले भारतसँग महंगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २०–२२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपिने बताए ।  यही मूल्यमा बिजुली किनेर लामो समय प्राधिकरणले धान्न नसक्ने उनले स्पष्ट पारे  ।
 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  २ : १६ बजे