दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

क्षयरोगको जोखिमबाट बालबालिकालाई कसरी बचाउने ?

​​​​​​​काठमाडौँ । आज विश्व क्षयरोग दिवस । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक वर्ष क्षयरोगबाट विश्वमा १५ लाख मानिसको मृत्यु हुन्छ ।

क्षयरोग प्रायगरी युवा तथा पाका उमेरका व्यक्तिलाई हुने भएपनि बालबालिकालाई पनि यसको जोखिम उत्तिकै छ । बालबालिकालाई फोक्सोको क्षयरोगका साथै एक्स्ट्रा पल्मोनरी, अर्थात् फोक्सोबाहेक ग्रन्थि, आन्द्रा, मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदिमा पनि क्षयरोग हुनसक्छ ।

कस्ता बालबालिका क्षयरोगको जोखिम हुन्छ ?
 कमजोर प्रतिरक्षा प्रणाली भएका जस्तै एचआइभी पोजेटिभ, मधुमेह भएका, क्यान्सर भई किमोथेरापी गरिरहेका

क्षयरोग भएको व्यक्तिसँग बस्ने अर्थात् नियमित सम्पर्कमा रहेका 

घरबारविहीन र सडक बालबालिका 

बालबालिकामा क्षयरोगका लक्षणहरू के के ? 
ज्वरो आउनु 
तौल घट्नु 
शारीरिक वृद्धि नहुनु 
लामो समयसम्म एकनासको खोकी लाग्नु
 ग्रन्थिहरू सुन्निनु

 बालबालिकालाई क्षयरोगबाट कसरी बचाउने ? 
नवजात शिशुलाई बिसीजीको खोप दिने क्षयरोगका लक्षण देखिएमा तुरुन्तै परीक्षण गराउने नियमित औषधिको सेवन गर्ने व्यक्तिगत सरसफाइमा ध्यान दिने आदि ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  २ : ०४ बजे