एमालेको बैठकस्थल अगाडी पार्टी प्रवेश गर्नेको भिड

काठमाडौं– नेकपा एमालेमा प्रवेश गर्ने भनेर अहिले केन्द्रीय कमिटी बैठक भइरहेको बैठकस्थलमा भीड लागेको छ ।

बबरमहल स्थित कार्की बैंक्वेटमा केन्द्रीय कमिटी बैठक भइरहेको ठाउँमा ठूलो संख्यामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको भीड लागेको हो  ।

एमाले नेता देवेन्द्र दाहालका अनुसार पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा, प्रदेश कमिटी सदस्य सीता चौधरीसहित सोलुखुम्बु, दाङ, काठमाडौंलगायत विभिन्न जिल्लाबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपालगायतका पार्टी परित्याग गरी ३ सय जना एमाले प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १ : ४२ बजे