पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन

लिस्बन । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गर्नुभएको छ ।  सो  प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गर्नुभएको छ। कुल १७ मन्त्री र ३८ राज्यमन्त्रीको नामावली प्रस्तुत गरिएको छ।

पुरुष भन्दा बढी महिला मन्त्रीहरू सहभागी रहेको नयाँ सरकार पोर्चुगलको लोकतान्त्रिक इतिहासमा पहिलो हुनेछ ।  जसमा राष्ट्रिय रक्षा मन्त्री हेलेना कारेरास सो पद ग्रहण गर्ने पहिलो महिला हुनेछिन्।

प्रधानमन्त्री-निर्वाचित, एन्टोनियो कोस्टाले बताएअनुसार नयाँ सरकारको "बलियो राजनीतिक  आधार" छ जुन "पोर्तुगाली समाजमा विविध अनुभवहरू" भएका व्यक्तिहरू मिलेर बनेको छ ।
नयाँ मन्त्रीहरुको सपथ ग्रहण चैत ३० गते हुने बताइएको छ ।
 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ११ : ५५ बजे