सुनको मूल्य बढ्यो, एक लाख तीन सय रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको छ ।

बुधवार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।  

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधवार एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ११ : ०९ बजे