एमाले केन्द्रीय कमिटि बैठकः ११ अजेण्डा प्रवेश, ९ वटामा भोली छलफल हुने 

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको दुई दिने केन्द्रीय कमिटि बैठकमा ११ अजेण्डामाथि छलफल अघि बढाइएको छ । 

बैठकमा भोली ९ वटा अजेण्डामा छलफल हुने एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो  । 

‘आजको बैठकमा ११ वटा अजेण्डा पेश भएको छ । ९ वटा अजेण्डामा भोली बस्ने बैठकमा छलफल हुन्छ,’ गुरुङले भन्नुभयो । 

बैठकका अजेण्डामा सात वटा प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेश गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने, विभागहरुको गठन, स्थानीय तहको निर्वाचनको लगि सिफारिस प्रक्रिया र मापदण्ड, स्थानीय निकायको घोषणापत्र तयारी गर्ने, पार्टी स्थापना दिवस मनाउने लगायतका रहेका थिए । 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : ०४ बजे