अब झलनाथलाई इलामका जनताले भोट हाल्नु पर्दैन :  कांग्रेस सहमहामन्त्री आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नेपाली कांग्रेसको फेरो समातेर पारि तर्न खोजिरहेको टिप्पणी गर्नुभएको छ । 

बुधबार नेपाली कांग्रेस इलाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ९ख० ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले इलामका कांग्रेसीहरूले आफ्नै उमेदवारलाई भोट हाल्न पाउने बताउनुभयो । सहमहामन्त्री आङ्देम्बेले फेरि चुनावी गठबन्धन भएर नेकपा(एस) का झलनाथ खनाललाई इलामे जनताले भोट हाल्नुपर्ने त्रास नपाल्न आग्रह गर्नुभयो ।

‘गठबन्धनको नाममा झलनाथ खनाल आउने भन्ने चिन्ता साथीहरूलाई छ। तपाईंहरूलाई लागेजस्तो उहाँलाई कांग्रेसले बोक्दैन,’ उहाँले भन्नुभयो, ’यो वा त्यो नाममा झलनाथ खनाल चुनाव लड्न आउनुहुन्न। यो दिवा सपना हो। यो लेखेर राख्नुहोस् कि उहाँलाई तपाईंहरूले भोट हाल्नु पर्दैन, यो मेरो बचन भयो।’
 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : ०१ बजे