एमालेले वाम एकताको नाममा अर्को गल्ती गर्दैन : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वाम एकताको नाममा अर्को गल्ती नगर्ने बताउनुभएको छ ।

आज केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसी पास गर्छु भनेर कागज गर्ने, अर्कोतिर कार्यकर्ता उफार्ने प्रचण्ड जस्तासँग एमालेले वाम एकताको नाममा अर्को गल्ती नगर्ने बताउनुभएको हो । उहाँले जनयुद्ध लडेकाहरूलाई समेत धोखा दिनेसँग यस्तै कुरामा अल्झिने हो भने पार्टी बलियो नहुने बताउनु भयो ।

अध्यक्ष ओलीले प्रचण्डका मान्छे एमालेमा ल्याउने र उहाँको भाँडो रित्तिएपछि पार्टी एकता गर्न आउने बताउनु भयो । पार्टीलाई प्रचण्डको कब्जामा पुग्नबाट जोगाउन पुस ५ गते संसद् विघटन गर्नु जरुरी रहेको खुलासा गर्नु भएको छ ।

बैठकमा अध्यक्ष ओलीले भन्नुभयो– ‘पुस ५ गते पार्टी जोगाउन संसद् विघटन गर्नु जरुरी थियो। पार्टी कब्जा गर्न षड्यन्त्र गरेपछि संसद् विघटन गरेको हो । यति बेला वामपन्थी एकता होइन पार्टी प्रवेश गर्नुपर्‍यो । प्रचण्डका मान्छे अझै यतातिर ल्याउनु पर्‍यो प्रचण्डको भाँडो रित्तो भएपछि प्रचण्डले पार्टी एकता गर्लान् नि त !’

 

​​​​​​​

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : २९ बजे