माथिल्लो मनाङमा हिमपात

 संवैधानिक नियुक्ति खारेजीसम्बन्धी मुद्दा फेरीपनि हेर्दा हेर्दैमा

काठमाडौं । विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा परेको छ ।  

संवैधानिक इजलासमा चैत ४ मा भएको सुनुवाइ आजलाई तोकेर हेर्दाहेर्दैमा राखिएको थियो । 

आज मुद्दाको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले आ–आफ्नोतर्फबाट बहस गरे पनि मुद्दा फेरीपनि हेर्दा हेर्दैमा राखिएको हो ।  आज बसेको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता सुशील पन्तले एउटा इजलासको टुंगो नलागी संवैधानिक इजलासमा यो मुद्दा सुनुवाइ गर्न मिल्ने नमिल्नेबारे प्रश्न गर्नुभएको थियो ।  यसअघि गत शुक्रवारको इजलासमा पूर्व महान्यायाधीवक्ता रमेश बडालले पनि सोही प्रश्न उठाउनुभएको थियो ।  

‘प्रधानन्यायाधीशविना संवैधानिक इजलास गठन हुने कि नहुने भन्नेबारे हरि फुयाल श्रीमानको आदेशको टुंगो नलागी इजलासमा कसरी आयो ? सिंगल बेन्चको आदेश भए पनि त्यो सर्वोच्चको आदेश हो, कुनै टुंगो नलागी कसरी ल्याइयो ?,’ पन्तको प्रश्न थियो । 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : ५९ बजे