काठमाडौं । नेपाली सेयर बजार नेप्सेमा बुधबार पनि २० दशमलव ३४ अंकले गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २६ सय ३० अंकमा पुगेर बन्द भएको छ ।
कारोबार रकममा समेत उलेख्य गिरावट आएको छ । ३९ लाख ८५ हजार पाँच सय ७४ सेयरको किनबेच हुँदा दुई अर्ब चार करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम मंगलबारभन्दा ४७ करोडले कम हो । मंगलबार दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपैयाँको सेयर कारोबार भएको थियो।
नेप्सेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल कम्पनीको सेयरले सर्किट मूल्य १०-१० प्रतिशतले बढेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६८ रुपैयाँले बढेर ७४५ रुपैयाँ र इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्य ६२ रुपैयाँले बढेर ६९१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा २२६ कम्पनीका सेयर करोड हुँदा ४८ कम्पनीका सेयरधनीले नाफा कमाए भने एक सय ६५ कम्पनीका सेयरधनीले गुमाएका छन्।
प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार ४ : १९ बजे
प्रतिक्रिया