एमालेमा संगठित सदस्यहरुको संख्या तीन गुणाले बढ्यो : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठित सदस्यको संख्या तीन गुणा बढेको दाबी गर्नुभएको छ ।

बबरमहल स्थित कार्की ब्यांक्वेटमा जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले उक्त दाबी गर्नुभएको हो ।

‘गत असोजदेखि संगठनात्मक सुदृढीकरणको विशेष अभियान सञ्चालन गरेका थियौं, यसक्रममा नवौं महाधिवेशनको तुलनामा पार्टी सदस्यता विस्तार र नवीकरण झन्डै तीन गुना बढेर आठ लाख ५५ हजार पुग्यो,’ ओलीले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ  ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : २६ बजे