अब हुने चुनाव‘जनादेश’ र ‘परमादेश’बीचको जनमतसंग्रह : अध्यक्ष ओली

​​​​​​​काठमाडौँ । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव जनादेश र परमादेशबीचको जनमत संग्रह भएको बताउनुभएको छ ।  पार्टीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्नुहुँदै अध्यक्ष ओलीले त्यही कारण पनि वैशाख ३० मा हुन गइरहेको चुनाव एमालेले जित्नै पर्ने बताउनुभयो ।  

 ‘यो निर्वाचन सामान्य, नियमति र सहज अवस्थामा हुँदैछैन । यो त जनादेश र परमादेशबीचको जनमत संग्रहको रूपमा हुँदैछ’ ओलीको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा चुनाव राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरूका बीचमा हुनलागेको उल्लेख छ । एमालेको स्थानीय चुनाव सम्बन्धी रणनीति बनाउन एमाले बैठक जारी छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : ०२ बजे