तराई-मधेसमा एमालेप्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलन बदलिन्छ : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसमा एमालेप्रतिको आकर्षणले राजनीतिक शक्ति सन्तुलनलाई बदल्ने बताउनु भएको छ ।

बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उहाँले तराई–मधेसमा देखिएको पार्टी प्रवेश उल्लेखनीय भएको बताउनु भएको हो ।

‘विगत निर्वाचन भन्दा अगाडिदेखि नै एमालेका विरूद्ध भ्रम प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसैकारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई-मधेसमा एमालेप्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ,’ अध्यक्ष ओलीको प्रतिवेदनमा भनिएको छ, ‘यसले राष्ट्रिय राजनीतिबाट जातीय-क्षेत्रीय सङ्कीर्णता, दुर्भाव र विखण्डनका प्रवृत्तिलाई निस्तेज पार्न र राष्ट्रिय एकतालाई अझ खँदिलो बनाउन पनि ठूलो सहयोग पुग्नेछ।’

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  २ : ३६ बजे