‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एक हजार एक सयले घट्यो सुनको मूल्य, ९९ हजार दुई सयमा कारोबार 

काठमाडौँ । सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसअघि, मङ्गलवार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलाको ९८ हजार सात सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोलामा २५ रुपैयाँले घटेको छ । मङ्गलवार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।

 

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ११ : ३७ बजे