खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

फोनिजको सातौँ सङ्घीय महाधिवेशनबाट नयाँ नेतृत्व चयन (नामावलीसहित)

​​​​​​​​​​​​​​​​​​​​​काठमाडौँ  । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले सातौँ सङ्घीय महाधिवेशनबाट  नयाँ नेतृत्व चयन गरेको छ ।

चितवनको सौराहामा भएको फोनिजको सातौँ सङ्घीय महाधिवेशनबाट अध्यक्षको पदमा नेपाल टेलिभिजनमा कार्यरत गजुर धन राई र वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै खुल्ला उपाध्यक्षको पदमा अमर ध्वज लामा एक सय दस पपुलर मतका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी मिरा राजभण्डारी अमात्यले जम्मा २७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै संस्थागत उपाध्यक्षमा जगत दोङ, महिला उपाध्यक्षमा सरु राना, अल्पसङ्ख्यक उपाध्यक्षमा कमन देवान निर्वाचित हुनुभएको छ ।

 

 

फोनिजको महासचिवमा मिलन लिम्बू निर्विरोध निर्वाचित हुनुभएको छ भने मतदानबाट सचिवहरूमा बुद्धवीर राई, समीर बलामी, विश्वराज तामाङ, अञ्जना शिल्पकार निर्वाचित हुनुभएको छ । त्यस्तै संस्थागत सचिवमा निर्विरोध निर्वाचित हुनेहरूमा छेटु शेर्पा, अल्पसङ्ख्यक सचिवमा यमन दनुवार, कोषाध्यक्षमा चित्रबहादुर गुरुङ, सह कोषाध्यक्षमा सञ्चु ब्लोन तामाङ रहनुभएको छ ।

सातौँ सङ्घीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा भक्तसेर लिम्बु, नीरज पिठाकोटे, पेमा लामा, यमबहादुर गाहा, बुद्धिमान पुन मगर, भिमबहादुर चौधरी, देवेन्द्र खापुङ, निम्लेकी शेर्पा, सुनिल महर्जन, सन्तकुमार चौधरी, चित्रबहादुर गुरुङ, नेत्र तामाङ र प्रकाश राई निर्वाचित हुनुभएको छ ।

त्यसैगरी मतदानबाट निर्वाचित हुनेहरूमा हर्कबहादुर घर्ती, बुद्ध योन्जन, लोकेश लिवाङ, गजेन्द्र राई, कमलसिं थारु हुनुहुन्छ भने निर्विरोध निर्वाचित हुनेहरूमा सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजता लिम्बु, मञ्जु श्रेष्ठ, बिना राई, रोशनी कुँवर, उद्धव चेपाङ, विदुर खवास हुनुहुन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ९ : २६ बजे