सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स र नगर स्तरीय खुल्ला पुरुष डबल्स प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र मेलम्ची ब्याडमिन्टन एकेडेमीको आयोजनामा हुने प्रतियोगिता यही चैत ११ र १२ गते हुने छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहयोगी हुने आयोजक मेलम्ची ब्याडमिन्टन एकेडेमीले जनाएको छ ।
प्रतियोगिताका विजेतालाई जिल्ला स्तरीय खुल्ला पुरुष डबल्सतर्फ प्रथम द्धितीय र तृतीयलाई क्रमशः नगद ३०,०००, २०००० र १००० सहित ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी नगर स्तरीय खुल्ला पुरुष डबल्स प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५००० ,१०००० र ५००० सहित ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार ५ : १७ बजे
प्रतिक्रिया