खुर्काेटमा बेलिबृज जडान सुरु

वीरगञ्जका विभिन्न राजनीतिक दलका युवाहरु एमालेमा प्रवेश

काठमाडौँ  । नेकपा एमाले वीरगञ्जका युवा नेता अजय गुप्ताको नेतृत्वमा युवाहरुको ठूलो समूह एमालेमा प्रवेश गरेको छ ।

नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा मंगलबार आयोजित एक कार्यक्रममा वीरगञ्जका युवा नेता अजय गुप्ताको नेतृत्वमा युवाहरुको एउटा ठूलो समूहले एमाले प्रवेश गरेको हो । वीरगञ्जका विभिन्न राजनीतिक दलमा लागेका युवाहरुको टोलीले आ-आफ्नो पार्टी त्यागेर एमालेमा प्रवेश गरेका हुन् । देशको नेतृत्व गर्न सक्ने एक मात्र दल नेकपा एमाले रहेको भन्दै उनीहरु एमालेमा प्रवेश गरेका   थिए ।

वीरगञ्जका युवाहरु बीच चर्चित युवा नेता गुप्ताले कांग्रेस र मधेशवादी दलले देश र जनतालाई पंगु बनाएर लुटिरहेको आरोप समेत लगाएका छन् । 

कार्यक्रममा लोसपा र माओवादी केन्द्र पर्साका प्रभावशाली नेता शिव पटेलले र बाबुराम कौशिक पनि एमालेमा प्रवेश गरेका छन् । 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : १० बजे