खुर्काेटमा बेलिबृज जडान सुरु

माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य नाम्गेल शेर्पा एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा माओवादीको जातीय संगठन शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव नाम्गेल शेर्पा मंगलवार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।  

रामेछापका शेर्पाले विद्यार्थी राजनीति नेकपा एमालेबाटै सुरु गर्नुभएको थियो । उहाँ सरस्वती क्याम्पसको स्ववियु सचिवसम्म भइसक्नुभएको नेता हुनुहुन्छ । उहाँ एमाले विभाजनपछि नेकपा माले हुँदा माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी राजनीतिमा लाग्नुभएको थियो ।  

माओवादीले ४ हजार सदस्यीय केन्द्रीय सदस्य बनाउँदा नाम्गेल पनि केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो । । उहाँ शेर्पा संघका पूर्व महासचिव पनि हुनुहुन्छ ।  शेर्पासँगै कांग्रेसका नेता गोविन्द लामा पनि एमालेमा प्रवेश गर्नुभएको छ । 
बुधवार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई एमालेमा प्रवेश गराउनुभएको हो ।  सोही कार्यक्रममा माओवादीका पर्सा जिल्ला इन्चार्ज बाबुराम कौशिक,वाइसिएल संयोजक चन्दन रौनियार लगायतका नेताहरू पनि एमालेमा प्रवेश गर्नुभएको थियो । 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : ४८ बजे