खुर्काेटमा बेलिबृज जडान सुरु

एमालेमा आउनेहरुले पछुताउनु पर्दैन : केपी शर्मा ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गर्नेहरुले पछुताउनु नपर्ने बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउनु हुँदै ओलीले एमाले आउनेहरुले पछुताउनु नपर्ने बताउनु भएको हो ।

‘देशको सीमा, सार्वभौमसत्ताको सुरक्षा हुन्छ भने स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र सुरक्षित हुन्छ भने व्यक्तिगत हितहरु असुरक्षित हुन्छन् भन्ने हुँदैन । कसैले पनि एमालेमा किन प्रवेश गरेँ भन्नुपर्दैन’ ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले आगामी चुनावमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो । ‘आगामी चुनावमा हामी बहुमत ल्याउँछौं र बहुमत ल्याउनुपर्छ देशर विकासका लागि ।’ ओलीले भन्नुभयो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : ४७ बजे