खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

गजुरधन राई फोनिजको अध्यक्षमा निर्वाचित

काठमाडौं– आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को अध्यक्ष पदमा गजुरधन राई निर्वाचित हुनुभएको छ ।

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को चितवनको सौराहामा भएको सातौं संघीय महाधिवेशनबाट प्रेस युनियनका नेता तथा  नेपाल टेलिभिजन कार्यकारी समाचार सम्पादक गजुरधन राई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।त्यस्तै महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्ष सरु राना, संस्थागत उपाध्यक्ष जगत दोङ, महासचिव मिलन लिम्बू, सचिव संस्थागत छेटु शेर्पा, कोषाध्यक्ष लाला गुरुङ र सहकोषाध्यक्ष सञ्जु ब्लोन लगायत निर्वाचित हुनुभएको छ ।

फोनिजको सातौं संघीय महाधिवेशनमा खुला उपाध्यक्ष, अल्पसंख्यक उपाध्यक्ष, खुला सचिव, अल्पसंख्यक सचिव लगायतका पदहरुमा निर्वाचन भएको थियो । निर्वाचनको मत परिणाम आज बेलुका सम्म सार्वजनिक हुने नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चौधरीले बताउनुभएको छ ।

महाधिवेशनमा देशभरबाट ४२४ प्रतिनिधि पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  २ : ५१ बजे