‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ सीप

रामपुर ।  रम्भा गाउँपालिका पाल्पामा महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ तालिम सुरु भएको छ । वडा नं १ हुँगीका महिलालाई लक्षित गरी आयआर्जन बढाउने उद्देश्यले दुई महिने तालिम आयोजना सुरु गरिएको हो । 

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत ढाका बुनाइ तालिम सुरु भएको वडा सचिव हरिप्रसाद भण्डारीले बताउनुभयो । यहाँका १५ महिला तालिममा सहभागी छन् । तालिममा सिकेका सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बनाउन महिलालाई सीपमूलक तालिम उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ ।

सहभागीलाई मेसिन, धागो, प्रशिक्षकलगायत खर्च व्यवस्थापन गाउँपालिकाले उपलब्ध गराएको छ । घरायसी कामधन्दासँगै फुर्सदको समयमा ढाका कपडा बुनेर आर्थिकस्तर उकास्न सकियो भने महिला परनिर्भरता हट्ने महिला सञ्जाल रम्भाका अध्यक्ष कुविजा अर्यालले बताउनुभयो । रासस

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  २ : १६ बजे