काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ ।
आज काठमाडौंको कर्की ब्याक्वेटमा आयोजित कार्यक्रमबीच सिंहले पार्टीलाई एमालेमा समाहित गराउनुभएको हो ।
सोही कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर पनि एमालेमा प्रवेश गर्नुभएको छ । सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री हुनुहुन्थ्यो। अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेनुभए पनि पछिल्लो समय निष्क्रिय हुनुहुन्थ्यो ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा लगायतका नेताहरु एमाले प्रवेश गर्नुभएको छ ।
उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुले स्वागत गर्नुभयो ।
प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार २ : ०७ बजे
प्रतिक्रिया