खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

ललितपुरको सातदोबोटो–चापागाउँ सडक स्थानियद्वारा अवरुद्ध 

ललितपुर – ललितपुरको सातदोबोटो–चापागाउँ सडक स्थानियले केही समय अगाडीबाट बन्द गरेका छन् । 

सडकमा धुलो उडेको भन्दै करिब ३० भन्दा बढी स्थानिय भेला भई सुनाकोठी बालकुमारी मन्दिर सडकमा बसेका कारण मुख्य सडक बन्द भएको प्रहरीले जानकारी दिएको छ । 

सडक बन्द हुँदा सवारी आवागमन अवरुद्ध भएको छ । 

सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ । 

सवारी साधन ड्राइभर्सनका कारण सातदोबाटो, जेम्स स्कुल, धापाखेल क्षेत्रमा सवारी साधनको निकै चाप रहेको छ । 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १० : ५१ बजे