खुर्काेटमा बेलिबृज जडान सुरु

आज अभिनेत्री करिष्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह एमालेमा प्रवेश गर्ने

काठमाडौं  – अभिनेत्री करिष्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह आज नेकपा एमालेमा प्रवेश गर्ने हुनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको दिन ९ बैशाखमा एमाले प्रवेश गर्ने भने पनि अभिनेत्री मानन्धर आज  नै एमाले प्रवेश गर्ने तयार भएको  एमाले केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो । करिष्मालाई एमालेमा प्रवेश गराएर चुनावी सभाहरुमा सहभागी गराउने एमालेको योजना छ । अर्कातिर करिष्माले स्थानी निर्वाचनमा काठमाडौंको उपमेयरका लागि लविङ गरिरहेको चर्चा पनि एमाले वृतमा छ ।

अभिनेत्री मानन्धर बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपाल पार्टीबबाट राजनीतिमा सक्रिय हुनुभएको हो ।

आज दिउसो १ बजे पार्टी केन्द्रीय कार्यलयमा आयोजना हुने कार्यक्रममा पूर्वमन्त्री प्रेमबहादुर सिह पनि एमाले प्रवेश गर्ने अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : २५ बजे