खुर्काेटमा बेलिबृज जडान सुरु

‘घर घरमा एमाले, मनमन एमाले’ नारासहित निर्वाचन अभियान

काठमाडौँ – नेकपा (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीले आसन्न स्थानीय तहको निर्वाचनलाई कामको मुख्य केन्द्रविन्दु मान्दै प्रदेशभित्रका ११९ पालिकास्तरमा सङ्गठन सुदृढीकरण र प्रचारप्रसारको योजना तय गरेको छ ।

    प्रदेश कमिटीले आज सर्कुलर जारी गर्दै तत्कालै प्रदेशअन्तर्गत वडा, पालिका र जिल्लास्तरमा पार्टी काम अगाडि बढाउन, माथिल्लो कमिटीबाट प्राप्त निर्देशन र आफ्ना कमिटीले गरेका निर्णयको कार्यान्वयन गर्न, चैत महिनाभित्र राजनीतिक विषयमा प्रशिक्षण सम्पन्न गर्न आग्रह गरेको हो ।

    पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा र प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा सम्पन्न प्रदेश कमिटीको हालैको बैठकले कार्ययोजना तय गरेको थियो । यही चैतभित्र हरेक जिल्ला तहमा जनसङ्गठन समन्वय संयन्त्र बनाई उक्त संयन्त्रको बैठक र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी योजना तयार पार्ने तथा यही चैत २० भित्र जनसङ्गठनका जिल्ला अधिवेशन सम्पन्न गर्ने तय गरिएको प्रदेश कमिटीका उपसचिव एवं महेश बर्ताैलाले जानकारी दिनुभयो ।

    प्रचारप्रसारका लागि सो कमिटीले ‘घर घरमा एमाले, मनमन एमाले’ नारासहित निर्वाचन अभियान घरघरसम्म लैजाने तय गरेको छ । सो प्रदेश सङ्गठन कमिटीको पूर्ववत् आकार ४७७ जनामा नबढ्ने गरी थप ७९ जनालाई मनोनयन गरिएको छ । कमिटीले नेताहरुको कार्य विभाजनसमेत गरेको छ ।

रासस 
 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : ५२ बजे