खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

कार्यकक्षमै वडाध्यक्षको निधन

सिन्धुली – मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । आज कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उहाँको निधन भएको हो । बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पु¥याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिनुभयो ।

    लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमान्दार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र ठूलो क्षति व्यहोर्नुपरेको बम्जनले बताउनुभयो । लामा नेकपा माओवादीबाट विसं २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुनुहुन्थ्यो । स्व लामाको पार्थिव शरीरलाई लामा परम्पराअनुसार श्रद्धाञ्जलीका लागि निजी निवासमा राखिएको छ । लामाको बुबाआमा, श्रीमती र पाँच छोरा हुनुहुन्छ ।

रासस 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : ०६ बजे