खुर्काेटमा बेलिबृज जडान सुरु

माओवादी केन्द्र र एकीकृत समाजवादीसँग पार्टी एकता हुँदैन : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता नहुने स्पस्ट पार्नु भएको छ ।

आज बसेको पोलिटब्युरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघु पन्तले आगामी चुनावमा गठबन्धन र वाम एकताका लागि एमालेले ढोका खुला राख्नुपर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओलीले यस्तो जवाफ दिनु भएको हो ।

‘वामपन्थी एकताका लागि एमालेले ढोका खुला राख्ने कुरामा प्रचण्ड र माधव नेपालले त्यो धरातल नै राख्नुभएको छैन । चित्रबहादुर केसीको पार्टीले त एमालेसँग एकता नगर्ने भनेर निर्णय नै गरेको छ’, अध्यक्ष ओलीले बैठकमा दिएको जवाफ उदृत गर्दै एक पोलिटब्युरो सदस्यले बताउनु भयो । यसैसन्दर्भमा अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपाल झ्यालढोका फोरेर, सिसा तोडेर जानेहरूलाई चुकुल खोल्दैनौँ भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘प्रचण्ड र माधव नेपालले झ्याल ढोका फोरेर गएका हुन् । त्यसरी सत्यानास गएकाहरुलाई हामीले ढोका खुला राख्नुको के अर्थ हुन्छ र ? १९ बुँदे आरोपपत्र लगाएर, अध्यक्षबाट कारवाही गरेर, काँग्रेसलाई सत्ता बुझाएर न्यायालय सेटिङ गरेर परमादेशबाट सरकार बनाउनेलाई फेरि ढोका खुल्ला ? यो सम्भव छैन’, अध्यक्ष ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले १४ सांसदको कारवाही नगरेर प्रचण्ड, माधव नेपाल र सभामुख अग्नि सापकोटा मिलेर संविधान समेत मिचेको आरोप पनि लगाउनु भयो । ‘नामका वामपन्थी कामका विरोधीहरुलाई समेट्न सकिँदैन’, ओलीले भन्नुभयो, ‘माधव-प्रचण्डलाई होइन तलका नेता कार्यकर्तालाई स–सम्मान ल्याउन सकिन्छ ।’

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ६ : ०२ बजे