विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रुपन्देही सुपरलिग सुपर फोर: बुद्धलाई हराउँदै एमसीसी १२५ रनले विजयी

भैरहवा ।  नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीले विजयी भएकाे छ । सुपर फोरअन्तर्गतको तेस्रो खेलमा बुद्ध क्रिकेट क्लबलाई १२५ रनको फाराकिलो अन्तरले  जित निकालेकाे हो । 

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती व्याटिङ रोजेको एमसीसीले निर्धारित ५० ओभरको खेलमा नाै विकेटको क्षतिमा दुई सय ६ रन बनाएको थियो । जसका लागि विजय प्रजापति एक्लैले सार्वधिक एक सय ६ रनको योग्दान गरे । त्यस्तै सुशान्त थापाले २२,  सविन शाक्य र मोइन अलिले समान १५-१५ रन बनाए । बलिङतर्फ बुद्धका विपीन खत्रीले तीन र सुभास भण्डारीले दुई विकेट लिए । 

दुई सय सात रनको लक्ष्य पाएको बुद्धले सबै विकेट गुमाउँदै ८१ रन मात्र जोड्न सक्यो । २३ दशमलव १ ओभर समेटिएको टिमका लागि सुरज पौडेलले १५, विपीन खत्री र सलिम अलिले समान १४ रन बनाए । अन्य खेलाडी मैदानमा टिक्न नसकेपछि १२५ रनको फारकलिो अन्तरले हार व्योहोर्नु पर्‍यो ।बलिङतर्फ एमसीसीका रोशनलाल गुप्ताले पाँच र रमेश कुर्मीले चार विकेट लिए ।

सोमबारको खेलमा एमसीसीका विजय प्रजापति म्यान अफ द म्याचबाट पुरस्कृत भए । शनिबारबाट सुरु भएको  सुपर फोर प्रतियोगितामा रुपन्देहीका चार टिम डिभिजन ए बाट उक्लेर प्रतिस्पर्धा गरिरहेका छन् । १२ चैतसम्म हुने प्रतियोगितामा यस वर्षदेखि टिमले धेरै खेल खेल्न पाओस् भन्दै सेमिफाइनलको ठाउँमा लिग चरणका प्रमुख टिमले राउन्ड रोबिन लिग खेलाइँदै छ । जसबाट उच्च अंक प्राप्त गर्ने दुई टिमबीच फाइनल प्रतियोगिता हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : ४९ बजे