माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

राष्ट्रपति र साउदी अरेबियाका आवासीय राजदूत बीच शिष्टाचार बिदाई भेट

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत मुसैद बिन सुलेमान एआई मारवानी बीच आज शिष्टाचार बिदाई भेट भएको छ ।

सोमबार राष्ट्रपति भवनमा भएको शिष्टाचार बिदाई भेटको अवसरमा राष्ट्रपति भण्डारी र साउदी अरेबियाका आवासीय राजदूत मारवानी बीच नेपाल र साउदी अरेबिया बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत शिष्टाचार बिदाई भेट बारे जानकारी दिनुभएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : ४७ बजे