सुनको मूल्यमा नयाँ कीर्तिमान

नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, छुटाउन कांग्रेसको दबाब

चितवन। १५ वर्षिय नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले माडी नगरपालिका-१ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक ३७ वर्षीय सुरज लामिछानेलाई आइतबार पक्राउ गरेको हो ।

कक्षा ९ मा अध्ययनरत नाबालिकालाई शिक्षक लामिछानेले २९ फागुनमा यौन दुर्व्यवहार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी परेपछि उनलाई पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

नेपाली कांग्रेसका नेताहरूले स्थानीयस्तरमै घटना मिलाउनुपर्ने भन्दै धेरैदिनदेखि प्रहरी माथि दबाब दिँदै आएका छन् । यद्यपी कांग्रेसले शिक्षक संघको नाममा धम्कीपूर्ण विज्ञप्ति जारी गरेर लामिछानेको बचाउ गरेका थिए ।

शिक्षकले यौनजन्य र अमर्यादित हरकत गरेको हुनाले विद्यालय प्रशासनसँग विभिन्न माध्यमबाट गर्न खोजेको संवादमा विद्यालयको ध्यानाकर्षण नभएपछि अन्ततः गत फागुन २९ गते स्थानीयले सामुहिक प्रतिकार गरेका थिए। उक्त प्रतिकारमा क्रममा निज शिक्षकलाई कालोमोसो दल्ने कोसिस पनि गरेका थिए । त्यसपछि विद्यालयले सर्वदलीय वैठक बसी उक्त शिक्षकलाई विद्यालयबाट निष्कासन गरेको थियो।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ४८ बजे