युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई विमान सोमबार चीन पुगे

बेइजिङ। युक्रेनबाट चिनियाँ नागरिक बोकेर उडेका दुई विमान सोमबार सकुशल चीन पुगेका छन् ।

बिहान ८:०३ मा पहिलो उडान दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दु पुगेको छ भने दोस्रो उडान बिहान ८:३९ मा मध्य चीनको झेङझाउ शहरमा पुगेको  छ।

 यस अघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजान १७ अस्थायी उडानहरू भइसकेका छन् । रुस- युक्रेन द्वन्द्व शुरु भएयता विदेशी नागरिकहरूले युक्रेन छाड्ने क्रम तीव्र बनेको छ। रासस

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १२ : ४७ बजे