काठमाडौँ – नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ ।
स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेको पोलिटब्युरो बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको हो । बिहान ११ः०० बजे बस्ने पोलिटब्युरो बैठक केहि ढिलो सुरु भएको थियो ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आजको बैठकमा निर्वाचन घोषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने जानकारी दिनुभएको थियो ।
एमालेको पोलिटब्युरोमा ९९ जना सदस्य हुनुहुन्छ ।
प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १२ : ३५ बजे
प्रतिक्रिया