बेइजिङले रुसलाई हतियार पठाउँदैनः अमेरिकाका लागि  चिनियाँ राजदूत

​​​​​​​बेइजिङ – अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेनविरुद्धको रुसी हमलामा मस्कोलाई  हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने उनले बताए ।

बेइजिङले सहयोग गरे उसले नराम्रो परिणाम सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिइरहेका बेला चिनियाँ दूत क्विन गाङको भनाई आएको हो ।

गत साता बेइजिङले मस्कोलाई हतियार उपलब्ध गराउन तयार रहेकाे भन्ने विवरण सार्वजनिक भएका थिए । तर,  ति विवरणहरुलाई  ‘गलत  सूचना’ भन्दै चीनले त्यसलाई अस्वीकार गरेको छ । तर, चीन रुसी हमलाप्रति भने नरम बनेकाे उमाथि अ‌ाराेप लाग्ने गरेकाे छ ।

अमेरिकी प्रसारक सीबीएससँग कुरा गर्दै, गाङ गुनासो गरे कि पश्चिमबाट सार्वजनिक निन्दाले ‘सहयोग गर्दैन’ र ‘राम्रो कूटनीति’ आवश्यक छ ।

एजेन्सी

​​​​​​​

​​​​​​​

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ११ : ४२ बजे