माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन

ललितपुर । ललितपुर प्रहरी परिसर जावलाखेलमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् । 

प्रहरी परिसरका प्रहरी निरीक्षक पुष्कर बोगटीका अनुसार ललितपुरमा निर्वाचन प्रयोजनका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकोमा पहिलो दिनमै उत्साहजनक रूपमा युवा युवतीले आवेदन बुझाएका हुन् ।

४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ । 

आइतबार बिहान १०ः०० बजेबाट प्रहरीले फारम वितरण गरेको थियो । दिउँसो १ः०० बजे फारम वितरण बन्द भएको प्रहरी परिसरमा भेटिएका रमेश लिम्बुले बताउनुभयो ।

ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : ३१ बजे