काठमाडौं – नेकपा एमालेको पोलिटव्युरोको बैठक भोलि बस्ने भएको छ ।
बैठकमा स्थानीय तहको निर्वाचनको रणनीतिका बारेमा बृहत् छलफल गर्ने एक नेताले बताउनुभयो ।
बैठकले ९ गते देखि सुरु हुने केन्द्रीय कमिटीका बैठकका एजेन्डा पनि टुंग्याउने ती नेताले जानकारी दिए।
एमालेले स्थानीय चुनावको रणनीति मजबुद बनाउन ७ गते पोलिटव्युरो,९–१० गते केन्द्रीय कमिटी र १३गते स्थायी कमिटी बस्न भएको छ ।
प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार ४ : ४० बजे
प्रतिक्रिया