‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सेयरबजार निरन्तर ओरालो लाग्दै

काठमाडौं। साताको पहिलो दिन सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारि राखेको छ ।

पछिल्ला तीन दिनमा करिब ५७ अंक गुमाएको नेप्से परिसूचक आइतबार १४.६७ अंकले ओर्लिएको हो। आज नेप्से परिसूचक २६१६.५८ को विन्दुमा रोकिएको छ।  

बजार खुल्दा करिब ३ अंकले बढेको सेयर बजार २६५० विन्दुमा पुगे लगत्तै घट्न सुरु भएको थियो । 

आइतबार सेयरबजारमा २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँको ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर ३५ हजार २१२ पटक किनबेच भएको थियो ।

आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले दिनभरमा १६ करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।

त्यस्तै सर्वाधिक गुमाउनेमा मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । मैलुङ खोला जलविद्युतको मूल्य ३.७६ प्रतिशतले ओरालो लागेको छ। 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : ३३ बजे