काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति नै शून्यतामा पुर्याउने गरी सयौँ नेता तथा कार्यकर्तालाई एमालेमा भित्र्याउनु भएको छ ।
पहिलो पटक एमालेको पार्टी प्रवेश कार्यक्रममा इलामको सूर्योदय नगरपाकालिकाको फिक्कल बजारमा पुग्नुभएका अध्यक्ष ओलीले झलनाथ खनालका अधिकांस नेता कार्यकर्तालाई एमालेमा भित्र्याउनु भएको हो ।
खनाल समाजवादीमा लागे पनि एमाले कार्यकर्ताहरू भने कमैमात्र उनीसँग गएका थिए । ती मध्ये पनि ९० प्रतिशत कार्यकर्ता आइतबार एमालेमै फर्किएको एमाले इलामका अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभएको छ ।
आज झलनाथ खनालकाे जन्म दिन हाे । जन्म दिनमै सबै कार्यकर्ता एमालेमै फर्किएपछि झलनाथलाई चुनावकाे मुखमा ठुलाे झड्का लागेकाे छ ।
प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार २ : ३९ बजे
प्रतिक्रिया