मन्थली विमानस्थलमा पानी पस्यो

२ सय २१ किलो गाँजा बरामद

सुनसरी – बराहक्षेत्र नगरपालिकापा-१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा प्याक गरी राखेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १ : ३८ बजे