‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ कायम

काठमाडौँ –  सुनको भाउ आईतबार छ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको  ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसअघि,शुक्रबार  सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ भने प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तिन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तिन सय ७५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ४१ बजे