‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दलित गाउँका पहिलो शिक्षक

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पुन: उषाकिरण (नामावलीसहित)

काठमाडौं ।  मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा पुन उषाकिरण भण्डारी चयन हुनुभएको छ । आज काठमाडौंको नयाँ बाँनेश्वर थापागाँउस्थित बानेश्वर वैंक्वेटमा भएको तेस्रो राष्ट्रिय सम्मेलनबाट भण्डारी पुनः अध्यक्षमा चयन हुनुभएको हो ।  सम्मेलनले फाउन्डेसनको सचिवमा पेम्बा लामा,कोषाध्यक्षमा चिन्तामणी भट्टराईसहित ४१ सदस्य कार्यसमिति गठन गरेको छ । 

तीन वर्षका लागि गठन भएको फाउन्डेसनको केन्द्रीय कार्य समिति सदस्यहरूमा डा. भेषराज अधिकारी, प्रा.डा. प्रेमसागर चापागाईँ,प्रा डा. शकर भण्डारी,महेन्द्रबहादुर पाण्डे,शुशील प्याकुरेल,डा. बिमला राई पौडेल,  डेगेन्द्र पाण्डे रहनुभएको छ । 

त्यसैगरी टिका ढकाल, कृष्णप्रसाद भण्डारी,रामशरण प्याकुरेल,घनश्याम कोइराला मिलनराज धरेल,अमरध्वाेज  लामा,डा. कुन्दन अर्याल,डा कैलाश भण्डारी, डा. कालु सि खत्री,डा. सुरेश तिवारी,मिना भण्डारी हुनुहुन्छ । त्यसैगरी  ,गोपाल गुरागाईँ, खेमराज पोखरेल,मञ्जु चौधरी,राज मोहम्मद राय,बिना शाह,सराेज यादव,शिवकुमारी गोतामे,सरिता न्यौपाने,खेम लोहनी,बालकृष्ण शिवाकोटी,गोपाल श्रेष्ठ, दिपक सुवेदी,रामशरण ढुङ्गाना, दामोदर वैरागी केन्द्रीय कार्यसमितिसदस्यमा चयन हुनुभएको छ । 

त्यसैगरी डा. निर्मल विश्वकर्मा, बलबहादुर आचार्य, रामबहादुर राउत,मिना बुढा,टिका विष्ट,प्रा.डा. नन्दबहादुर सिं,हरदेव जोशी,सरस्वती नेपाली र किशोरचन्द्र दुलाल पनि फाउन्डेसनको केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । एक जना केन्द्रीय सदस्य भने पछि थपिने गरी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन शनिवार बिहान नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो । 

फाउण्डेशनले एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ‘जबज’ को विचारलाई प्रवर्द्धनलगायत विविध विधामा रचनात्मक कार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षामा सहयोग गर्दै आइरहेको छ  । 

तस्बिरमा हेरनुहोस्  सम्मेलन​​​​​​​का झलकहरु :

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ६ : ४२ बजे