दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालमा थप ४०९ जना कोरोना मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ जनाले कोरोनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयमा ४ सय ९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा मृत्युदर भने सुन्य रहेको छ ।

हाल देशभर ३ हजार ५ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ हजार ७ सय २९ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ४९ बजे