खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्छौ : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  अदालतले   बनाइदिएको पाँच दलीय सत्ता गठबन्धन लाई चुनावबाट जनताको आँगनमा लगेर पछारिदिने चेतावनी दिनुभएको छ ।  

एमाले सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै  अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरुलाई जनतामा जाने अधिकार नै नरहेको बताउनुभयो  ।

ओलीले भन्नुभयो,’यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले हो र गठबन्धन बनाइदिएको ? भोटले हो र  ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ  ।’

ओलीले आउने स्थानीय चुनावमा एमालेले बहुमत सिट जित्नै पर्ने बताउनु भयो  ।  नेपाली काग्रेंसलाई भने अगामी चुनावमा १३ सिटमा झरिदिने ओलीले बताउनुभयो ।  अध्यक्ष ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले वृद्ध भत्ताको व्यवस्था एमालेले गरेको उल्लेख गर्नुहुँदै जेष्ठ नागरिकको हिसाबले देउवाले सूर्यमा भोट हाल्नुपर्ने तर्क गर्नुभयो । 

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १२ : १३ बजे