खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

देउवालाई ओलीको आग्रह– सूर्य चिन्हमा भोट हाल्नुस्

स्यालहरूले मोर्चा कसेर हात्तीको शिकार गर्न सकिँदैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको लागि निर्वाचनमा विरोधी  गठबन्धन केही पनि नभएको बताउनु भएको छ ।

नेकपा एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  अध्यक्ष ओलीले गठबन्धनको लिएर कुनै त्रास नराख्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रा विरुद्ध गठबन्धन बनाइएको छ, मनोवैज्ञानिक त्रास कतै साथीहरूमा छ भने छोडिदिए हुन्छ, यो गठबन्धन केही पनि होइन,मैले केही वर्ष अघि भनेको थिएँ–स्यालहरूले मोर्चा कसेर हात्तीको शिकार गर्न सकिँदैन ।’

‘यो गठबन्धन केही होइन । पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ?’ उहाँले भन्न्ुभयो, ‘अब १३ सिटमा झार्नुपर्छ ।’

अध्यक्ष ओलीले स्थानीय तहको चुनावको असाधारण महत्त्व रहेको भन्दै उहाँले यो चुनाव एमालेले जित्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गरर्नुहुँदै अध्यक्ष ओलीले वृद्ध भत्ताको व्यवस्था एमालेले गरेको उल्लेख गर्दै ज्येष्ठ नागरिकको हिसाबले देउवाले सूर्यमा भोट हाल्नुपर्ने तर्क गर्नुभयो  । ‘शेरबहादुर देउवा आफैँ कांग्रेसमा किन छन् भन्दा बुढा भएर पनि । उनलाई ४ हजार भत्ता के गर्न छँदै छ, त्यसकारण छन् । नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे,’ ओलीले भन्न्ुभयो ‘शेरबहादुरजीलाई म भन्न चाहन्छु कमसेकम ज्येष्ठ नागरिक हो । तपाईं पनि सूर्य चिन्हमा भोट हाल्नुस् अरुले देख्ने गरी ।’

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ११ : ४६ बजे