साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कुन रमिता हेर्न छुनमुनाउछौ ?

​​​​​​​कलमको मसी देख्न म दृष्टिहीन छु,
तिमी चिच्याएको सुन्न म बहिरो छु,
तिम्रो विक्षिप्त आँसुले मेरो मुटु छुँदैन,
तिम्रो हार गुहार,
मेरा लागि रङ्गमञ्चको नाटक हो,
जहाँ मेरा दबिएका रहरहरूले तिम्रो आत्मसम्मान दबाउन आनन्द मान्छन्,
कलमको हुङ्कार र बाजाको ढण्डारो पिट्न छोड,
ए आमा, दिदी, बहिनी हो !
अझै बलेनीमा कुन रमिता हेर्न छुनमुनाउछौ ?
कति थुक्छौ परबाट ?
यी ठिङ्ग तिम्रा अघि उभिएका छु,
तिम्रो पटुकीमा झुण्डिएको चाबी हेर्दै,
जसले हिजो मात्र अर्जापेको खुकुरी साँचो लगाएको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : २४ बजे