साफ यू–१७ च्याम्पियनसिप आजदेखि

 युग जगाउने आवाज !

एउटा आवाज युग जगाउँछ
जगाउँछ आत्माको संगीत जगाउँछ
लुट्ने बिरुद्धको आवाज…….
उठ्नेछ फेरी आवाज …….

विनानीँद सुत्नेलाई 
पहरेदार भई भुक्नेलाई
उठाउँछ बुलन्द गर्दै 
एकफेर युग परिवर्तनका लागि
उठ्नेछ फेरि आवाज…….

तिम्रो मनको आवाज 
मेरो मनको आवाज 
हामी सबको आवाज…….
शान्ति, समृद्धि, सुशासन 
आवाजहरूको आवाज …….
उठ्नेछ फेरि आवाज …….

एउटा आवाज युग युग जगाउँछ
युग जगाउने आवाज ……

           
 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : २० बजे