खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । 

नगर प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रवार खानेपानीको उद्घाटन गर्नुभएको हो । 

नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निर्माण गरी स्वच्छ पानी आउन थालेको छ ।

धौले पैंयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरूको वषौँ देखिको समस्या समाधान भएको छ । नगरपालिकाको रु १३ लाख, सेवक नेपालको रु १० लाख १० हजार १९ र जनश्रमदानबाट रु चार लाख ६७ हजार ३१४ लागतमा धारा निर्माण गरिएको सेवक नेपालका कुमार भट्टराईले जानकारी दिनुभयो ।

धारा निर्माण भई पानी आएपछि गाउँलेको दैनिकीमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लिलाबहादुर थापाले बताउनुभयो । उक्त बस्तीमा दलित, जनजाती, विपन्न वर्गको बसोबास छ । घरमा नै धारा भएपछि घर गृहस्थीका काम सकेर अरु पेशा व्यवसाय गर्न समय मिलेको बिन्दा विकले खुसी व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ७ : १४ बजे