सुनको मूल्यमा नयाँ कीर्तिमान

ड्रोनभित्र लुकाएर ल्याएको सुनसहित एक शरणार्थी पक्राउ

काठमाडौँ । । ड्रोनभित्र लुकाएर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले एक जनालाई पक्राउ गरेको छ ।

कार्यालयले ड्रोनको लेन्सभित्र लुकाएको एक सय ग्राम सुनसहित भुटानी शरणार्थीका रुपमा अमेरिका गएका अनिषहाङ बहिङ राईलाई पक्राउ गरिएको जनाएको छ ।

विमानस्थलका अनुसार बिहीबार दिउँसो १२ बजेतिर उनी विमानस्थलबाट पक्राउ परेका हुन् ।

त्यस्तै, करिब ९ सय ग्राम सेतो धातु पनि लुकाएर ल्याएको कार्यालयले जनाएको छ । सेतो धातु चाँहि चाँदी हो भन्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : ५६ बजे