खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

दुई तिहाइको कम्युनिष्ट सरकारलाई काग्रेंसको पाउँमा चढाउनेहरूसँग अब एकता हुँदैन : पोखरेल 

प्रचण्ड र माधव दक्षिणपन्थी अवसरवादको नमुना 

धादिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अवसरवाद कस्तो हुन्छ, थाहा पाउन प्रचण्ड र माधवको अनुहार देखाइदिए हुने बताउनुभएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल  दक्षिणपन्थी अवसरवादीको नमुना भएको  भन्दै उहाँले  कम्युनिष्टको दुई तिहाइको सरकारलाई शेरबहादुरको पाउँमा चढाउनेहरूसँग अब एकता नहुने बताउनुभयो । 

शुक्रवार धादिङ एमालेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो,‘नेपालको कम्युनिष्टमा अवसरवाद कस्तो छ भन्ने थाहा पाउन प्रचण्ड र माधव नेपालको अनुहार देखाइदिए हुन्छ। उनीहरू दक्षिणपन्थी अवसरवादका नमुना हुन्,’ उहाँले भन्नुभयो, ‘यिनीहरूले कम्युनिष्टको दुई तिहाइलाई शेरबहादुर देउवाको पाउमा चढाइदिए।’

महासचिव पोखरेलले प्रचण्ड–माधव समूह कसैको सहयोगबिना चुनाव जित्ने अवस्थामा नरहेकाले  काँग्रेसले हिर्काए एमालेसँग मिल्ने भनेर घुर्क्याउन थालेको बताउनुभयो ।  पोखरेलले थप्नुभयो,  ‘अब प्रचण्ड–माधवसँग एमालेको एकता हुँदैन, कार्यकर्तालाई भने एमालेमा फर्काइने छ ।’ 

‘प्रचण्ड र माधव नेपालले कम्युनिष्ट सरकारको जनमत शेरबहादुर देउवाको पाउमा लगेर चढाउन खोजिएपछि प्रतिनिधिसभा विघटन गर्न खोजिएको हो’ उहाँले भन्नुभयो, तत्कालीन नेकपा कब्जा गर्न खोज्दा प्रचण्ड र माधव नेपाल एकै चोटि सडकमा पछारिए ।’ 

हिजो मिलेर चुनाव लड्दा जनताले दिएको जनमतमाथि घात गर्नेहरू नेतालाई  अब एमाले स्विकार्न नसक्ने उहाँले बताउनुभयो ।

‘नेताका टाउका मिलाएर केही नहुने रहेछ, अब कार्यकर्ताको मन मिलाउनु पर्छ। ’ उहाँले भन्नुभयो । 

पोखरेलले भन्नुभयो, हिजो आज सुन्दैछु, काँग्रेसले टेरेन भने एमालेसँग मिल्दिन्छौं । एमालेले लिए न मिल्ने हो । काँग्रेसले हिर्कायो अब आऊ भन्नेवाला छैनौ ।’ उहाँले थप्नुभयो, हिजो नेताका टाउका मिलाएर गयौँ,जनताले मत दिए । तर जनतालाई धोखा दिएर उनीहरू गए । फेरि तिनीहरूलाई लिएर गयौँ भने जनताले हामीलाई पत्याउँछन् ?’

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ५ : ४७ बजे