काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको १६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
आज शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७९ जेठको १६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आगामी जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताउनुभएको छ ।
उहाँले अबको केहीबेरमा परीक्षा तालिका प्रकाशित गर्ने समेत जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार ५ : ४२ बजे
प्रतिक्रिया