खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

सत्ता गठबन्धन र चुनाव फरक–फरक हो,नेताहरूले बुझ्नु पर्छ : उपसभापति गुरूङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सरकार बनाउन बनेको गठबन्धन चुनाबका लागि काम नलाग्ने बताउनुभएको छ । उहाँले सरकार बनाउने प्रयोजन र  आउँदो चुनाव फरक–फरक विषय भएको भन्दै यस्ता कुरा नेताहरूले गहिरोसँग बुझ्न जरूरी रहेको बताउनुभयो । 

सत्तारूढ पाँचदलीय गठबन्धनलाई ०७९ वैशाख ३० मा हुने स्थानीय तह र त्यसपछिका प्रदेश तथा संघका चुनावमा पनि सँगसँगै लैजानुपर्ने वा लैजान नहुने सत्तारुढ काग्रेंस भित्र बिबाद बढिरहेका बेला गुरुङले सरकार बनाउनु र चुनाव लड्नु फरक विषय भएको बताउनुभएको हो ।

गुरुङले भन्नुभयो  ‘सरकार भनेको गठबन्धनबाट बनेको हो। सरकार एउटा पक्ष र चुनाव अर्को पक्ष हो यो कुरा सबै पार्टीका नेताहरूले गम्भीर भएर बुझ्न आवश्यक छ।’

उहाँले गठबन्धन गर्दा फाइदा हुन्छ भन्ने मानसिकताले केही दलका नेताहरूले हिसाबकिताब गर्ने गरेको आरोप लगाउनुभयो। ‘कांग्रेसलाई तत्काल फाइदा हुन्छ त्यसकारण गठबन्धन भन्ने होइन, हार र जित त भइरहन्छ। संविधानसभा निर्वाचनमा पनि कांग्रेस हार्छ भन्ने थाहा हुँदाहुँदै चुनाव गरिएको हो, कांग्रेसले मुलुकको हितहेर्नुपर्छ ।’

गठबन्धन गरेर चुनाव लड्ने वा एक्लै चुनाव लड्ने भन्नेमा काग्रेंस बिभाजित छ । कांग्रेसका  सभापति देउवा गठबन्धन गरेर जान सकिने पक्षमा छन् भने उपसभापति गुरूङलगायत नेता शेखर कोइराला पक्षका नेताहरू गठबन्धनका विपक्षमा हुनुहुन्छ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : ०८ बजे